काठमाडौं । भिडभाडमा कोरोनाको संक्रमणको उच्च सम्भावना भएको भन्दै सरकारले यसपालीको होली नमनाउन आग्रह गरेको छ ।
सोमबार पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पत्रकार सम्मलेन गर्दै होली नमाउन आग्रह गरेका हुन् ।
होलीमा मानिसहरुको ठुलो भिड हुने र संक्रमणको सम्भावना बढेर जाने भन्दै मन्त्री ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।
भिडभाड हुने गरि कुनै पनि काम नर्गन र सकभर भिडबाट टाढै बस्न साथै बिहे विवाह जस्तो उत्सवहरु पनि परिवारहरुमा मात्र मनाउन मन्त्री ज्ञवालील आग्रह गरेका छन् ।
चीनकाे वुहानबाट फैलिएकाे काेराेना भाइरस अहिलेसम्म चीनसहित विश्वभरि झन्डै ७० देशमा फैलिसकेकाे छ भने ९० हजार भन्दा बढी मानिसमा सङ्क्रमण देखिएकाे छ । यसमध्ये झन्डै ९० प्रतिशत सङ्क्रमण चीनमै पाइएको छ ।
चीनबाहेक अन्य १० देशमा पनि यही भाइरसका कारण मानिसहरूको मृत्यु भएकाे छ, विश्वभरि कुल मृतक संख्या ३ हजार नाघेकाे छ ।