युवामा आलस्यपन हटाउन कोकाकोलाले ल्यायाे नयाँ क्याम्पेन

<p>काठमाडौं । कोकाकोला नेपालले नयाँ क्याम्पेन सुरु गरेकाे छ । किशोर/ किशोरी र युवालाई  लक्षित गर्दै दिउँसोको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको हाे । यो नयाँ क्याम्पेनको ट्यागलाइन “दिउँसै झप् भफ्, कोकले अप” रहेको छ, अर्थात यदि  तपाईंलाई दिउँसाे निन्द्राले झप् झ्प बनायो भने कोकले [&hellip;]</p>

काठमाडौं । कोकाकोला नेपालले नयाँ क्याम्पेन सुरु गरेकाे छ । किशोर/ किशोरी र युवालाई  लक्षित गर्दै दिउँसोको आलस्यपन भगाउन र कुनै पनि विशेष क्षण तथा अवसरहरुलाई नछुटाउन् भन्ने उद्देश्यले नयाँ क्याम्पेन ल्याएको हाे ।

यो नयाँ क्याम्पेनको ट्यागलाइन “दिउँसै झप् भफ्, कोकले अप” रहेको छ, अर्थात यदि  तपाईंलाई दिउँसाे निन्द्राले झप् झ्प बनायो भने कोकले तपाईंको मुड र इनर्जीलाई बुस्ट गराउँछ ।

यस क्याम्पेनका बारेमा कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले नयाँ क्याम्पेनका मार्फत कोका–कोलाले उपभोक्ताहरुलाई कोक खाएर आफ्नो दिउँसलाई अपलिफ्ट गर्न प्रत्सोहान गर्ने बताए ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले दिनभर हाम्रो दैनिक तालिका सुस्त भइरहेको हुन्छ र इनर्जीको स्तर कायम गर्नु नै आफैमा एउटा कार्य हुन सक्छ । यो नयाँ क्याम्पेन भनेको कोका–कोला खाएर दिउँसको झप् झ्पलाई भगाएर रिफ्रेस हुँदै आफ्नो क्रियाकलाप जारी राख्ने बताएका छन् ।

Share News