काठमाडौं । विद्यालय पढाउनको लागि सरकारले १ हजार पाँचसय जना शिक्षक मागेको छ ।
शिक्षा मन्त्रालय अन्तगर्तको मानव तथा विकास स्रोत केन्द्रले शैक्षिक सत्र २०७७ को लागि शिक्षक मागेको हो ।
केन्द्रले १ वर्षको लागि १ हजार पाँचसय जना शिक्षक आवश्यक रहेको भन्दै शुक्रबार आवेदन खोलेको हो ।
स्नातक वा स्नातकोत्तर पास गरेका १८ वर्ष भन्दा माथि र ४० वर्ष ननाघेका नेपाली नागरिकले http://doe.sujitg.com.np/ मा जागिरको लागि आवेदन दिन सक्नेछन् । यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) पनि चाहिँदैन।
माघ २९ गते शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयबाट शिक्षण स्वयंमसेवक परिचालन कार्यविधि २०७६ स्वकृत भएको थियो ।
ईच्छुक व्यक्तिले फागुन २५ गतेसम्म केन्द्रको वेभसाईटमा उपल्ब्ध पोर्टल मार्फत अनलाईन निवेदन दिन सक्नेछन् ।