झुठाे आरोप लगाएको भन्दै गोकुल बाँस्कोटा अदालतमा

<p>काठमाडौं । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा काठमाडौं जिल्ला अदालत पुगेका छन् ।  आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै  उनी शुक्रबार  अदालतमा मुद्दा हाल्न गएका हुन् । उनी शुक्रबार काठमाडौं जिल्ला अदालत पुगेकाे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । ७० कराेड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए ।उनले विकासन्यूजसँग [&hellip;]</p>

काठमाडौं । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा काठमाडौं जिल्ला अदालत पुगेका छन् ।  आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै  उनी शुक्रबार  अदालतमा मुद्दा हाल्न गएका हुन् ।

उनी शुक्रबार काठमाडौं जिल्ला अदालत पुगेकाे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

७० कराेड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए ।उनले विकासन्यूजसँग कूरा गर्दै आफुमाथि लागेको झुठो आरोप विरुद्ध लड्न कानुनी प्रक्रियामा गएको बताए ।

‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

Share News