काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपति कार्यालयले खतिवडालाई बिहीबार अपरान्ह सञ्चार मन्त्रालयको जिम्मेवारी दिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएसँगै खतिवडालाई सञ्चार मन्त्रालयकाे जिम्मेवारी दिइएकाे विज्ञप्ती मार्फत जनाइएको छ ।
‘आज मिति २०७ट साल फागुन ८ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुलप्रसाद वाँस्कोटाले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड क बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी ताेक्नु भएकाे छ ।’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
यस्तै, राष्ट्रपति कार्यालयले सहरी विकास मन्त्रालयको कार्यभार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गलाई सुम्पेकाे छ ।