काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटामाथि ७० करोड कमिसन मागेको अडियो टेप सार्वजनिक भएको छ । मन्त्री बास्कोटाले सेक्युरिटी प्रेस छपाईमा ७० करोड कमिसन प्राप्त हुने सम्बन्धी एक एजेन्टसँग गरेको कुराकानीको अडियो टेप हाम्राकुराडटकमले सार्वजनिक गरेको छ ।
एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनिक भएको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझावसमेत एजेन्ट मिश्रको छ।
७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए।