काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कार्यकारी निर्देशक पदका लागि कर्मचारी माग गरेको छ । बोर्डले मंगलबार सूचना प्रकाशन गरी रिक्त रहेकाे सो पदका लागि आवदेन खुलाएकाे हो ।
खुल्ला प्रतिष्पर्धाका आधारमा उक्त पद छनौट गरिने छ । ४५ वर्ष उमेर पुगेको ६० ननाघेको, खानेपानी तथा सरसफाई क्षेत्रमा ५ वर्षको अनुभव संगालेको र नैतिक पतन देखिने कुनै काम नगरेको व्यक्तिले सो पदका लागि आवेदन दिन सक्नेछन् ।
दरखास्त फाराम खानेपानी बोर्ड कार्यालयको वेबसाइटबाट डाउनलोड गरी वा कार्यालय समयमा फाराम भर्न पाइने छ । उक्त फाराममा आवश्यक कागजात संलग्न गरी ३ हजार दस्तुरसहित बोर्डको कार्यालय भैंसेपाटीमा बुझाउन सकिनेछ ।
बोर्डको सूचना प्रकाशन भएकाे मितिले २१ दिनभित्र दरखास्त पेश गर्नु पर्नेछ । कम उम्मेदवारको दरखास्त परेमा पहिलो चरणमा परेका आवेदनहरुलाई यथावत राखी थप ७ दिनका लागि पुनः दरखास्त माग गर्न सक्ने छ ।