सिजी भन्छः विश्व बैंकले दिएको १ करोड १८ लाख उपहार होइन, राम्रो काम गरेकोले पाएको हाे

<p>काठमाडौं । सिजी कम्यूनिकेसनले १ करोड १८ लाख रुपैयाँ अमेरीकी डलर अनुदान लिएको भन्दै विभिन्न संञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण गरेको छ । सोही विषयमा सिजीले आईतबार प्रेस विज्ञप्ति मार्फत स्पष्टीकरण समेत दिएको छ । सिजी कम्प्यूकिनेसनका अनुसार सो रकम तत्कालिन एसटिएम टेलिकम सञ्चारले पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा दूर सञ्चार सेवा पुर्याउनका लागि विश्व बैंकबाट [&hellip;]</p>

काठमाडौं । सिजी कम्यूनिकेसनले १ करोड १८ लाख रुपैयाँ अमेरीकी डलर अनुदान लिएको भन्दै विभिन्न संञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण गरेको छ । सोही विषयमा सिजीले आईतबार प्रेस विज्ञप्ति मार्फत स्पष्टीकरण समेत दिएको छ ।

सिजी कम्प्यूकिनेसनका अनुसार सो रकम तत्कालिन एसटिएम टेलिकम सञ्चारले पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा दूर सञ्चार सेवा पुर्याउनका लागि विश्व बैंकबाट पूँजीगत अनुदान प्राप्त गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले विश्व बैंकको ऋण सहयोगमा सञ्चालित ‘दूरसञ्चार क्षेत्र सुधार परियोजना’ अन्तर्गत सन् २००३ मा पूर्वाञ्चलका ५ सय ३४ गाविसमा टेलिफोन सेवा उपलब्ध गराउन बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रमा तत्कालीन एसटीएम छानिएको सि.जी.ले जनाएको छ ।

विश्व बैंकले विशिष्ट प्रणालीको अधीनमा रही सहयोग प्रदान गर्ने तथा त्यसको नियमन र सुपरिवेक्षणमा पनि निश्चित मापदण्ड तय हुने गर्छ । उक्त अनुदान उपहार दिइएको होइन भन्ने सिजीको दाबी छ ।

शर्तअनुसार कार्यप्रगती र मापदण्डहरू पुरा भएपछि ५ किस्तामा उक्त रकम निकासा भइसकेको छ । एसटीमले तोकिएको समय र क्षेत्रमा १ हजार ४ सय पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको थियो । सोही कार्य सम्पादनको आधारमा दूरसञ्चार प्राधिकरणले सन् २००७ अप्रिल २ मा सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो।

सि.जी. टेलिकमले सन् २०१३ मा मात्र एसटिएम खरिद गरेको सि.जी. टेलिकमको प्रवक्ता मदुसूदन पौडेलले जानकारी दिए ।

Share News