लेख्ने हातहरुले हाम्रा राम्रा काम देखेनन्ः मन्त्री बास्कोटा

<p>काठमाडाैं । तपाईले अहिले सम्म के काम गर्नु भयाे मन्त्री ज्यू ? बिहिबार मन्त्रिपरिषदकाे पत्रकार सम्मेलनमा एक जना पत्रकारले सूचना तथा सञ्चार मन्त्री गाेकुल बास्कोटालाई साेधिएकाे प्रश्न थियाे याे । उनलकाे याे प्रश्नले मन्त्री  बास्कोटालाई एकछिन गरेका कामहरु सम्झिन बाध्य पार्यो । उनले त्यतिखेरै उत्तर दिए- &#8216;हामीले खराब काम के गरेका छौं र ? बरु लेख्ने हातहरुले [&hellip;]</p>

काठमाडाैं । तपाईले अहिले सम्म के काम गर्नु भयाे मन्त्री ज्यू ? बिहिबार मन्त्रिपरिषदकाे पत्रकार सम्मेलनमा एक जना पत्रकारले सूचना तथा सञ्चार मन्त्री गाेकुल बास्कोटालाई साेधिएकाे प्रश्न थियाे याे ।

उनलकाे याे प्रश्नले मन्त्री  बास्कोटालाई एकछिन गरेका कामहरु सम्झिन बाध्य पार्यो । उनले त्यतिखेरै उत्तर दिए- ‘हामीले खराब काम के गरेका छौं र ? बरु लेख्ने हातहरुले हाम्रा काम देखेनन् ।’

उक्त पत्रकार सम्मेलनमा  मन्त्री बास्कोटालले उल्टै पत्रकारले सरकारको राम्रो काम लेख्न सक्ने आँट नगरेको बताए ।

‘हामीले यो अवधिमा धेरै प्रगति गरिसकेका छौं, पत्रकारले हाम्रा काम दखेनन्’,- उनले भने । मन्त्री बास्कोटालाई त्यो प्रश्नले थप ३० मिनेट बोल्न बाध्य पार्यो ।

‘देशमा भ्रष्टाचार पनि घट्यो, सम्वृद्द नेपाल खुशी नेपालीको नतिजा राम्रो छ,। ह्याप्पिनेस परिसुचकमा ३ अंकले माथि छौं, प्रजातन्त्र इन्डेक्समा ५ परिसुचक माथि छौं ‘, उनले भने ।

पछिल्लो समयमा धेरै विकास तथा प्रगति भएको बताउँदै उनले विध्युत खपतमा वृद्धि भएको,रेल फागुनमा नेपाल आउने काम र पानी जहाज कार्यालय स्थापना हुनु के  प्रगति होइन र ? उनले उल्टै प्रश्न गरे ।

‘परराष्ट्र मन्त्रालयमा हामी चिनिने बुझिने भएका छौं । मोदी २ पटक आउनु भयो, सिचिनफिङ आउनु भयो, यो गौरवको कुरा भएन र ?’ उनले फेरि उल्टै प्रश्न गरे ।

Share News