नार्कद्धारा १९ मध्यपहाडी जिल्लाका २१ युवालाई कृषि यान्त्रीकरण तालिम

<p>काठमाडौं ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतकाे कृषि इन्जिनियरिङ महाशाखाले १९ मध्यपहाडी जिल्लाका २१ जना युवालाई कृषि यान्त्रिकरण सम्बन्धि तालिम प्रदान गरेको छ । १० दिनसम्म भएको उक्त तालिममा प्रदेश नम्बर २ बाहेकका मध्यपहाडी जिल्लाका उद्यमी, किसान,  वेरोजगार युवा तथा वैदेशिक रोजगारबाट फर्किएका युवाकाे सहभागिता रहेकाे थियाे । पहाड छोडेर शहर तथा तराईमा बसाइ प्रवृत्तिले [&hellip;]</p>

काठमाडौं ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतकाे कृषि इन्जिनियरिङ महाशाखाले १९ मध्यपहाडी जिल्लाका २१ जना युवालाई कृषि यान्त्रिकरण सम्बन्धि तालिम प्रदान गरेको छ । १० दिनसम्म भएको उक्त तालिममा प्रदेश नम्बर २ बाहेकका मध्यपहाडी जिल्लाका उद्यमी, किसान,  वेरोजगार युवा तथा वैदेशिक रोजगारबाट फर्किएका युवाकाे सहभागिता रहेकाे थियाे ।

पहाड छोडेर शहर तथा तराईमा बसाइ प्रवृत्तिले जग्गा बाँझिने क्रम बढेसँगै त्यहाँका कृषकले त्यहीँ नै केही गर्न सक्छन् भन्ने खालको उत्प्रेरणा दिने यो कार्यक्रम आयाेजना गरिएकाे कृषि मन्त्रालयका सह सचिव डा. हरिबहादुर केसी बताए ।

यान्त्रिकरण तालिमले धेरै वेरोजगार युवा तथा निर्वाहमूखी किसानलाई व्यवसायी बनाउन सहयोग गर्ने उनले बताए ।

सहभागी सबैलाई आफ्नो क्षेत्रमा गएर सरकारले प्रदान गरेको तालिमको सही उपयोग गरेमा उपलब्धि हासिल गर्न धेरै समय नलाग्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का निर्देशक डा. रामचन्द्र अधिकारीले बताए ।

नेपालमा नै केही गर्छु भन्ने युवालाई लक्षित गरेर संचालन गरिएको उक्त तालिमले आफूमा आत्मविश्वास बढेको रसुवाका योभेन्द्रो घले बताउँछन् ।  १० दिनको छोटो अवधिमा नै आफूमा केहि गर्नु पर्छ भन्ने उर्जा जागेको उनकाे भनाइ छ ।

त्यस्तै, रोल्पाका मधु केसी काठमाडौं आएर कृषि यान्त्रिकरण तालिमले आफूलाई नेपालमा बसेर उद्यमी बन्ने रहर जागेको बताउँछन् । वैदेशिक रोजगारबाट फर्किएका उनी सरकारले यस्तै खालको तालिम  प्रदान गरे विदेशिनु पर्ने बाध्यता हराउँदै जाने बताउँछन् ।

Share News