काठमाडौं । विभिन्न प्राविधिक पदका लागि लोक सेवा आयोगले ३ सय ५८ जना कर्मचारीको माग गरेको छ । राजपत्र अंकित प्रथम श्रेणाको खुला र समावेशी पदमा आयोगले विज्ञापन खुलाएको हो ।
प्रतियोगात्मक परीक्षाद्धारा पदपूर्तिका लागि विज्ञापनमा योग्यता पुगेका उम्मेवारले लोकसेवा आयोगमा आवेदन दिन पाउने छन् । उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत आवेदन दिने व्यवस्था गरेको छ ।
सबै तहलाई मध्यनजर गर्दै सातै वटा कार्यालबाट खुला गरिएको छ । धनकुटा कार्यालयबाट २९ वटा कोटा खुलाएसँगै ६१ जनाको माग छ ।
त्यस्तै जलेश्वर कार्यालयबाट १६ पदमा ३७ जना, काठमाडौं कार्यालयबाट ५३ पदका लागि ९० जनाको लोक सेवा आयोगले माग गरेको छ ।
लोक सेवा आयोग, पोखरा कार्यालयले २१ पदमा ४१ जनाको माग छ भने बुटवल कार्यालयले २८ पदमा ५७ जनाको संख्या खुलेको छ । सुर्खेत कार्यालयले विभिन्न तह तथा पदमा ३० पदमा ४२ जना कर्मचारी मागेको छ । त्यस्तै सुदुरपश्चिमको दिपायल कार्यालयले १९ पद ३० जना खुल्ला गरेको लोक सेवा आयोगले सूचना प्रकाशित गरेको छ ।