काठमाडौं । चीनमा रहेको नेपालीलाई ल्याउन फागुन ३ गते जहाज पठाईने भएको छ । नेपाल वायसुेवा निगमको वाईडबडी जहाजमा चीनमा भएको नेपालीलाई ल्याउन लागिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले फागुन ३ गते जहाज पठाउने निर्णय गरेको हो ।
यसका लागि चीन सरकारलाई पनि नेपालस्थित राजदुतावास मार्फत पराराष्ट्रले जानकारी गराईसकेको छ ।
साथै चीनबाट आउने १ सय ८० नेपालीको सूची पनि निगममा पठाईसकेको छ ।
ती नेपालीहरुलाई ल्याएपछि विमानस्थलमा ओर्लदादेखि राख्ने क्वारेन्टाईन स्थलसम्म जाने यातायातको साधनको व्यवस्था, त्यहाँ हुने स्वास्थ्यकर्मीदेखि एम्बुलेन्स चालकलाई समेत तालिम दिईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।
स्वास्थ्य मन्त्रालयकाे तर्फबाट सबै काम पुरा भईसकेको मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले जानकारी गराए ।
फिर्ता गरिएकाहरुलाई दुई हप्ता क्वारेन्टाईनमा राखिने र उनीहरुमा कुनै लक्ष्ण नदेखिएको अवस्थामा स्वस्थ घोषित गरेर घर फकाईनेछ ।
हाल सम्म चीनमा रहेका कुनै पनि नेपालीमा नोबल कोरोनाको लक्षण नदेखिएको बताईएको छ । यद्यपि कोरोनाको लक्षण रोग लागेको १४ दिन सम्म देख्न सकिने भएकोले उनीहरुलाई दुई हप्ता क्वारेन्टाईनमा राख्न लागिएको हो ।
नोबल कोराना भाईरसको कारण हाल चीनमा मंगलबारसम्म १ हजारको मृत्यु भईसकेको छ भने ४३ हजार भन्दा बढी संक्रमित छन् ।