काठमाडौं । तनहुँको भानू नगरपालिकामा कार्यरत इन्जिनियर सुकदेव अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिश र कार्यसम्पन्न प्रतिवेदन बनाईदिएको समेत विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुसर / रिसवत माग गरेका थिए ।
उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले निजहरू वडा सदस्य कृष्ण बहादुर अधिकारी र इन्जिनियर सुकदेव अधिकारीलाई ७५ हजार लिइसकेको अवस्थामा उक्त रकमसहित भानू नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।