ट्राफिक नियम उल्लंघन गर्नेलाई १ लाखसम्म जरिवाना

<p>काठमाडौं । यातायात व्यवस्था विभागले ट्राफिक नियम उलंघन गर्नेलाई १ लाखसम्म जरिवाना लगाउने तयारी गरेको छ । यातायात ऐनको मस्यौदामा न्यूनतम २ हजारदेखि १ लाखसम्मको जरिवाना प्रस्ताव गरिएको यातायात व्यवथा विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । ‘सामान्य किसीमको गल्ती गरे २ हजार, मापसे गरेर गाडी चलाए, लेन क्रस गरे ५ हजार र चोरीको [&hellip;]</p>

काठमाडौं । यातायात व्यवस्था विभागले ट्राफिक नियम उलंघन गर्नेलाई १ लाखसम्म जरिवाना लगाउने तयारी गरेको छ ।

यातायात ऐनको मस्यौदामा न्यूनतम २ हजारदेखि १ लाखसम्मको जरिवाना प्रस्ताव गरिएको यातायात व्यवथा विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।

‘सामान्य किसीमको गल्ती गरे २ हजार, मापसे गरेर गाडी चलाए, लेन क्रस गरे ५ हजार र चोरीको गाडी चलाए १ लाख जरिवानाको प्रस्ताव गरेका छौं,’ उनले भने ।

विभागले ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाउने तयारीमा रहेको छ । मन्त्रालयले कानुन मन्त्रालय र सम्बन्धित निकायसगँ छलफल गरेपछि मस्यौदा संसद पठाइने भएकाे छ ।

संसदले पारित गरेपछि यो नियम लागू हुनेछ । कर उठाउनैको लागि जरिवाना नबढाइएको उनले प्रष्ट पारे । यात्रुकोे ज्यान जोगाउनको लागि जरिवाना बढाउन लागेको यातायात व्यवस्था विभागकाे भनाइ छ ।

Share News