महासंघ निर्वाचनः गुणनीधि तिवारीलाई दिनेश श्रेष्ठले टक्कर दिने

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा गुणनीधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । आधिकारिक रुपमा दुबैले उम्मेदवारी घोषणा गरेका छैनन् तर भोट माग्दै दुबै जना चुनावी अभियानमा जिल्ला दौडाहामा लागेका छन् । प्रदेश ५ का अध्यक्ष तिवारी झण्डै एक महिनाअघि चुनावी अभियानमा [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षमा गुणनीधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । आधिकारिक रुपमा दुबैले उम्मेदवारी घोषणा गरेका छैनन् तर भोट माग्दै दुबै जना चुनावी अभियानमा जिल्ला दौडाहामा लागेका छन् ।

प्रदेश ५ का अध्यक्ष तिवारी झण्डै एक महिनाअघि चुनावी अभियानमा सक्रिय थिए भने उनका प्रतिस्पर्धी स्पष्ट भएको थिएन । काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष तथा वाग्मती प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले पनि आफू जिल्ला नगर समूहको उपाध्यक्षको दावेदारी सहित चुनावी अभियान शुरु गरेका छन् ।

वरिष्ठ उपाध्यक्षका दावेदार चन्द्रप्रसाद ढकालको समूहबाट तिवारीले उम्मेदवारी दिदै छन् भने वरिष्ठ उपाध्यक्षका अर्का दावेदार किशोर प्रधानको समूहबाट श्रेष्ठले उम्मेदवारी दिने तयारी गरेका छन् ।

महासंघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष पछि  जिल्ला नगर समूहकाे उपाध्यक्ष बलियाे र तेस्राे बरियताकाे पद हाे ।

आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुँदैछन् ।

तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो बढेको छ ।  अहिले महासंघको चुनावका लागि उद्योगी व्यवसायीहरु आफ्नो टिम तयार पार्न आन्तरिक कसरतमा छन् ।

 

Share News