काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनलाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको हो।
भुसालले अहिले सम्म आफुसम्म पत्र नआइपुगेकाे जानकारी दिए । विभागमा भने अब यातायात व्यवस्थापन विभागका पूर्व महानिर्देश कुमार दाहाल आउने भएका छन् । दाहालले भाेली आफूलाई श्रम मन्त्रालय बोलाएकाे जानकारी दिए ।
२०७५ साल चैत महिनादेखि विभागमा महानिर्देशकककाे रूपमा काम गर्दै आएका भुसाल सरूवा भएरआयोगमा जाने भएका छन् । छोटो समयमा वैदेशिक रोजगार विभागमा भएका समस्याको पहिचान गरि श्रम स्वीकृतिका विषयदेखि अवैध रुपमा रहेका म्यानपावरको व्यवस्थापन तथा खारेज गर्न प्रमुख काम गरेका महानिर्देशक डा. भूसालको सरुवाप्रति आम श्रमिकको चाँसो बढेको छ ।