सेवाग्राहीबाट घुस लिने मालपोत कार्यालयका नवलपरासीका खरिदार पक्राउ

<p>काठमाडौं। सेवाग्राहीबाट घुस लिने भूमि सुधार तथा मालपोत कार्यालयका नवलपरासीका खरिदार नेत्र बहादुर चौधरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । उनलाई ४० हजार घुस लिइसकेपछि नियन्त्रणमा लिइएको हो । जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक(पटक घुसररिसवत माग गरिरहेको भन्ने [&hellip;]</p>

काठमाडौं। सेवाग्राहीबाट घुस लिने भूमि सुधार तथा मालपोत कार्यालयका नवलपरासीका खरिदार नेत्र बहादुर चौधरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । उनलाई ४० हजार घुस लिइसकेपछि नियन्त्रणमा लिइएको हो ।

जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक(पटक घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ दफा ३ को उपदफा (१) को खण्ड ख बमोजिम सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Share News