आफ्नै साथीको हत्या गर्ने फरार आरोपी पक्राउ

<p>काठमाडौं । आफ्नै साथीको हत्या गरी फरार रहेका आरोपी पर्सा वीरगंज महानगरपालिका १६ मुरली पोखरी ठेगाना भएका ३५ वर्षीय मो. फिरोज मिया राईनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०७२ माघ २९ गते ललितपुर उपमहानगरपालिका ३ धोबिघाटस्थित निर्माणाधिन घर कुर्नका लागि बसेका आफ्नै साथी ३० वर्षीय सुरेश कुमार साह कानुलाई मादक पदार्थ सेवन गरी राईनले [&hellip;]</p>

काठमाडौं । आफ्नै साथीको हत्या गरी फरार रहेका आरोपी पर्सा वीरगंज महानगरपालिका १६ मुरली पोखरी ठेगाना भएका ३५ वर्षीय मो. फिरोज मिया राईनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

२०७२ माघ २९ गते ललितपुर उपमहानगरपालिका ३ धोबिघाटस्थित निर्माणाधिन घर कुर्नका लागि बसेका आफ्नै साथी ३० वर्षीय सुरेश कुमार साह कानुलाई मादक पदार्थ सेवन गरी राईनले ईट्टा तथा फलामको रडले प्रहार गरी हत्या गरी फरार रहेका थिए ।

घटनापश्चात फरार रहेका राईनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका २ देबढोकाबाट पक्राउ गरेको हो ।

राईनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

Share News