भ्रष्टचार सूचकांककाे ११३औं स्थानमा नेपाल

<p>काठमाडौं । नेपाल भ्रष्टाचार निवारण सम्बन्धी विश्&#x200d;वव्यापी सूचकांककाे ११३औं स्थानमा रहेकाे छ ।  ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक ‘करप्सन पर्सेप्सन इन्डेक्स (सिपिआई)-२०१९’मा नेपाल यसपटक ११३औं स्थानमा उक्लिएको छ। गत वर्षकाे तथ्याकं भन्दा याे वर्ष थाेरै सुधार भएकाे छ । गत वर्ष १२४औं स्थानमा रहेको थियो। टीआइलेले जम्मा १ सय ८० देशको भ्रष्टाचार तथा सुशासनको अध्ययन [&hellip;]</p>

काठमाडौं । नेपाल भ्रष्टाचार निवारण सम्बन्धी विश्‍वव्यापी सूचकांककाे ११३औं स्थानमा रहेकाे छ ।  ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक ‘करप्सन पर्सेप्सन इन्डेक्स (सिपिआई)-२०१९’मा नेपाल यसपटक ११३औं स्थानमा उक्लिएको छ।

गत वर्षकाे तथ्याकं भन्दा याे वर्ष थाेरै सुधार भएकाे छ । गत वर्ष १२४औं स्थानमा रहेको थियो। टीआइलेले जम्मा १ सय ८० देशको भ्रष्टाचार तथा सुशासनको अध्ययन गरी तयार गरेको रिपोर्ट बिहीबार विश्वव्यापी रुपमा सार्वजनिक गरिएको हो।

विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क देखिएको छ । एक सय पूर्णांक आधार मानेर गरिएको सर्वेक्षणमा डेनमार्कले ८७ नम्बर ल्याएको छ । नेपालले भने ३४ नम्बर ल्याएको छ । अघिल्लो वर्ष ३१ मात्रै ल्याएको थियो ।

विश्वमा सबैभन्दा कम अंक ल्याउने अर्थात् सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया रहेको रिपोर्टले देखाएको छ । जसको जम्मा ९ अंक रहेको रिपोर्टले देखाएको छ । ४३ नम्बर आएको खण्डमा भ्रष्टाचार निवारणको अवस्थामा सामान्यतः सन्तोषजनक मानिन्छ । ५० बढी ल्याउँदा भ्रष्टाचार निवारणमा प्रगति भएको मानिन्छ ।

Share News