काठमाडाैं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफुलाई अनावश्यक रुपमा घुस मागेको आरोप लगाउने दुर्गा प्रसाइलाई घुस मागेको प्रमाणित गर्न चुनौती दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफुविरुद्ध घुस मागेको भन्दै गलत र भ्रामक समाचारहरु आएकोले यसको प्रमाणित गर्न उनले चुनौती दिएका हुन् ।
झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन गिरीले २० करोड पैसा मागेको आरोप लगाएका थिए । प्रसाईंले बुधबार बानेश्वरमा पत्रकार सम्मेलन गरी गिरीले आफूलाई द्वारिका होटलमा बोलाएर २० करोड मागेको आरोप लगाएका थिए ।
त्यसको प्रतिकारका रुपमा गिरीले पनि बुधबार नै पत्रकार सम्मलेन गरी आफ्नो चरित्रहत्या गर्ने गरी गलत समाचारहरू सम्प्रेषण गरेको बताए । ‘बिएण्डसी मेडिकल कलेजका कलेजको सम्बन्धन प्रक्रियामा कागतजात पुरा नभएपछि सबै प्रक्रिया पुर्याएर आनुस् भन्दा उहाँले घुस मागेको आरोप लगाए ।’ उनले भने । गलत आरोपको कानुनी बाटो खोज्ने उनको भनाइ छ ।