गैरकानुनी धन्दामा सरकारी कर्मचारी नै अगाडि, वडा सचिवदेखि प्रहरी निरीक्षक अदालत तानिए

<p>काठमाडाैं । पछिल्लो समय सरकारी कर्मचारीहरु नै गैर कानुनी कार्यमा संगल्न हुने क्रम बढ्दै गएको छ । सेवाग्राहीहरुबाट घुस माग्ने सरकारी कर्मचारीहरु पछिल्लो समय बढ्दै गएका हुन् । अख्तियार दुरूपयाेग अनुसन्धान आयोग आइतबार मात्रै ८ जना कर्मचारीहरुविरुद्ध सेवाग्राहीबाट घुस लिएको ओरपमा मुद्धा दायर गरेको छ । आयोगले महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापाले सेवाग्राहीबाट ४० हजार [&hellip;]</p>

काठमाडाैं । पछिल्लो समय सरकारी कर्मचारीहरु नै गैर कानुनी कार्यमा संगल्न हुने क्रम बढ्दै गएको छ । सेवाग्राहीहरुबाट घुस माग्ने सरकारी कर्मचारीहरु पछिल्लो समय बढ्दै गएका हुन् ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयोग आइतबार मात्रै ८ जना कर्मचारीहरुविरुद्ध सेवाग्राहीबाट घुस लिएको ओरपमा मुद्धा दायर गरेको छ । आयोगले महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापाले सेवाग्राहीबाट ४० हजार घुस लिएको आरोपमा उनी विरुद्ध आरोपपत्र दायर गरेको छ ।

यस्तै जिल्ला पर्सा साविक जयमंगलापुर गाविसका तत्कालीन सचिव राजेन्द्र महतो नुनिया उपर बिगो गरेको छ । ५५ हजा ९ सय रुपैयाँ असुल्नेगरि मुद्धा दायर गरिएको छ ।

यस्तै, गुठी संस्थान शाखा कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसमेत ६ जना उपर  पनि मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्र्दीपकुमार कोइरालाले बताए ।

Share News