काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले तीन विश्वविद्मालयको उपकुुलपतिको लागि आवेदन माग गरेको छ।
मन्त्रालयले पुर्वाञ्चल विश्वविद्मालय, कृषि तथा वन विज्ञान विश्वविद्मालय र नेपाल संस्कृत श्वविद्मालयका लागि उपकुुलपतिको आवेदन माग गरेको हो। मन्त्रालयले बिहिबार उपकुुलपतिको लागि सुचना जारी गरेको हो।
मन्त्रालयले विश्व विद्मालयहरुको ऐन बमोजिम योग्यता पुगेका सरोकारवालालाई बायोडाटा तथा व्यक्तिगत संक्षिप्त विवरण मन्त्रालयको ईमेल ठेगाना अथवा उच्च शिक्षा महाशाखामा एक साता भित्र बुझाइ सक्नुपर्ने बताएको छ।