नेपाल चेम्बर र टिपिसिआईका पदाधिकारीबीच छलफल

<p>काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाल चेम्बर टोलीका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ट्रेड प्रमोशन काउन्सिल अफ इण्डिया(टिपिसिआई)का पदाधिकारीहरुसंग छलफल गरेका छन् । सन् २०१८मा टिपिसिआई र नेपाल चेम्बर बीच समझदारीमा हस्ताक्षर भएको थियो । दुवै पक्षले भविश्यमा सहयोग र सहकार्य क्षेत्रहरुको बारेमा छलफल केन्द्रित रह्यो । छलफलका क्रममा पर्यटन, कृषि, [&hellip;]</p>


काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाल चेम्बर टोलीका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ट्रेड प्रमोशन काउन्सिल अफ इण्डिया(टिपिसिआई)का पदाधिकारीहरुसंग छलफल गरेका छन् ।

सन् २०१८मा टिपिसिआई र नेपाल चेम्बर बीच समझदारीमा हस्ताक्षर भएको थियो । दुवै पक्षले भविश्यमा सहयोग र सहकार्य क्षेत्रहरुको बारेमा छलफल केन्द्रित रह्यो । छलफलका क्रममा पर्यटन, कृषि, जडिबुटीको उत्पादनदेखि निकासी प्रवद्र्धन गर्नमा सहकार्य गर्न टिपिसिआई तत्पर रहेको अध्यक्ष श्रेष्ठले बताए ।

ट्रेड प्रमोशन काउन्सिल अफ इण्डिया(टिपिसिआई)का तर्फबाट परिषदका अध्यक्ष मोहित सि∙ला, सह महानिर्देशक कपिल गुप्ता, सहमहानिर्देशक सुरेसकुमार मखिजानी र निर्देशक अशोक सेठीको उपस्थित रहेको थियो ।

नेपाल चेम्बर अफ कमर्शबाट सो भेटघाटमा उपस्थित हुनेहरुमा उर्मिला श्रेष्ठ(अध्यक्ष, नेपाल महिला चेम्बर) गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ, अर्घाखाँची चेम्बरका सदस्य टंकप्रसाद पोखरेल, कर्पोरेट सदस्य पंकज जोशी र नेपाल चेम्बरका अधिकृत श्रृष्टि त्रिपाठीको उपस्थित थियो ।

Share News