नेप्सेमा ३ कम्पनीको मूल्य समायोजन, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सबैको लघुवित्त वित्तिय संस्था, सिभिल लघुवित्त वित्तिय संस्था र प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । यी तीन कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सबैको लघुवित्त वित्तिय संस्था, सिभिल लघुवित्त वित्तिय संस्था र प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो ।

यी तीन कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ ।

सबैको लघुवित्तको १८ प्रतिशत प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ७११.८६ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ८४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यस्तै, सिभिल लघुवित्तको ११ प्रतिशत बोनस सेयरूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६७४.७७ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता ७४९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यस्तै, प्रभु इन्स्योरेन्सडको ६.७० प्रतिशत बोनस सेयरमूलयमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ५२०.९९ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ५५५.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Share News