आजदेखि ३ कम्पनीको ४ करोड कित्ता किनबेच हुने, ओपनिङ रेञ्ज ९०६ रुपैयाँसम्म

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि विभिन्न ३ कम्पनीको सेयर कारोबार हुने भएको छ । इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको कूल ३ करोड ९२ लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबार हुने भएका हुन् । मंगलबार इष्टर्न हाइड्रोपावर कम्पनीको ६२ लाख कित्ता सेयर नेप्सेमा [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि विभिन्न ३ कम्पनीको सेयर कारोबार हुने भएको छ । इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको कूल ३ करोड ९२ लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबार हुने भएका हुन् ।

मंगलबार इष्टर्न हाइड्रोपावर कम्पनीको ६२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम ७२.३३ रूपैयाँदेखि अधिकतम २१६.९९ रूपैयाँसम्म ओपनिङ रेञ्ज प्राप्त गरेको छ । जसको स्टक सिम्बोल ‘ईएचपीएल’ निर्धारण गरिएको छ ।

यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १ सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्म ओपनिङ रेञ्ज पाएको छ । यससँगै दोश्रो बजारमा कम्पनीको सेयर ‘पीएचसीएल’ को सिम्बोलबाट किनबेच हुनेछ ।

यस्तै, श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम ३०२ रूपैयाँदेखि अधिकतम ९०६ रूपैयाँसम्म ओपनिङ रेञ्ज पाएको छ । यससँगै बजारमा कम्पनीको सेयर ‘एसएचएलबी’को स्टक सिम्बोलबाट किनबेच हुने छ ।

यीन तीनै कम्पनीको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । सर्वसाधारणलाई सेयर जारी गरेसकेपछि नेप्सेमा सूचीकृत भएका हुन् ।

Share News