काठमाडौं । रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ । कारोबार भएको समयमा लाभांश प्रस्ताव गर्न बैठक बसेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
नेप्सेले कम्पनीले कोरोबार भएको समयमा बैठक बसी धितोपत्रको मूल्यमा प्रभाव पारेको भन्दै सेयर कारोबार रोक्का गरेको जनाएको छ ।
मंगलबार कम्पनीको ११ बजे बसेको बैठकले गत वर्षको लाभांशबाट सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।