बरुण हाइड्रोपावरको सेयर बाँडफाँट, कट अफ प्राइस १९१.३४ रुपैयाँ

<p>काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको अवितरित हकप्रद सेयर बाँडफाँट गरिएको छ । साथै कम्पनीले लगानीकर्ताको रकम पनि फिर्ता गरेको छ । कम्पनीले सर्वसाधारणतर्फको ३ लाख ५५ हजार ६० कित्ता अवितरित हकप्रद सेयरहरु कात्तिक १४ गतेदेखि कात्तिक २१ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आव्हान गरेको थियो । उक्त अवधिमा कम्पनीको सेयरमा परेको शिलबन्दी बोलपत्रहरु कात्तिक २८ [&hellip;]</p>

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको अवितरित हकप्रद सेयर बाँडफाँट गरिएको छ । साथै कम्पनीले लगानीकर्ताको रकम पनि फिर्ता गरेको छ । कम्पनीले सर्वसाधारणतर्फको ३ लाख ५५ हजार ६० कित्ता अवितरित हकप्रद सेयरहरु कात्तिक १४ गतेदेखि कात्तिक २१ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आव्हान गरेको थियो ।

उक्त अवधिमा कम्पनीको सेयरमा परेको शिलबन्दी बोलपत्रहरु कात्तिक २८ गते खोली कात्तिक २९ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँट गरेको जनाएको छ । साथै, बाँडफाँटको अन्तिम मूल्य (कट अफ प्राइस) १९१.३४ रुपैयाँ रहेको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको छ ।

साथै, आवेदकहरुको बाँडफाँटमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी कात्तिक २ गते शुक्रबारदेखि आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक र वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गरिएको बकम्पनीले बताएको छ ।

साथै आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गरि रकम जम्मा नभएको खण्डमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंमा सम्पर्क राख्न हुन भनेको छ ।

Share News