सेयर बजारमा छायो हरियाली, पौने दुई अर्बको कारोबार

<p>काठमाडौं । बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजारमा हरियाली छाए सँगै सबै सूचक सकारत्मक देखिएको छ । आज सेयर बजार २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार ४३ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ । [&hellip;]</p>

काठमाडौं । बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजारमा हरियाली छाए सँगै सबै सूचक सकारत्मक देखिएको छ ।

आज सेयर बजार २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार ४३ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कमाउनेमा ५ कम्पनीमा चारवटा हाइड्रोपावर कम्पनी रहेको छ भने एउटा उत्पादन तथा प्रशोधन कम्पनी रहेको छ । सबैभन्दा बढी कमाउने हाइड्रोपावर कम्पनीहरु सिक्लेस, सयपत्री, रिदी र पन्चकन्या माइ रहेका छन् ।

यस्तै, आज सबैभन्दा बढी रिदी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।  कम्पनीको आज १४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

Share News