माउन्टेन इनर्जीको लाभांश घोषणा

<p>काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले [&hellip;]</p>

काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनार्थ मंसिर २७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले लाभांश वितरणको प्रस्ताव पारित गर्न आगामी पुस ८ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ ।

Share News