दोहोरो अंकले घटेको बजारमा नबिल बैंकको सर्वाधिक कारोबार

<p>काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि नै ओरालो लागेको उक्त परिसूचक अन्त्यमा १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा सीमित भएको हो । जुन अघिल्लो दिनको तुलनामा ०.७० प्रतिशतले घटी हो । आइतबारको तुलनामा सोमबारको कारोबार रकम भने बढेको छ । सोमबारको बजारमा ८३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर [&hellip;]</p>

काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि नै ओरालो लागेको उक्त परिसूचक अन्त्यमा १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा सीमित भएको हो । जुन अघिल्लो दिनको तुलनामा ०.७० प्रतिशतले घटी हो ।

आइतबारको तुलनामा सोमबारको कारोबार रकम भने बढेको छ । सोमबारको बजारमा ८३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी आइतबारको कारोबार ७४ करोड ७२ लाख रुपैयाँमा सीमित थियो ।

बजारमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने ४ रुपैयाँले घटेर प्रतिकित्ता ७५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्टको ऋणपत्रको भाउ घटेको छ । जसको भाउ ९.५८ प्रतिशतले घटेर प्रतिथान ९५९ रुपैयाँमा झरेको छ ।

त्यस्तै, यूनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य ४.१७ प्रतिशतले बढेको छ । जुन अन्य कम्पनीकीको तुलनामा सबैभन्दा बढी प्रतिशतले बढेको हो ।

यता म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड समूह ०.०२ अंकले घटेको छ । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ५२.५५ अंकले घटेको छ ।

Share News