काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.४७ अंकले घटेको छ । ओरालो लागेको सेयर बजारले निरन्तरता पाएको हो ।
यस्तै आइतबार दिनभरिमा २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार १२४ पटक किनबेच हुँदा ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार अन्य समूह बाहेक सबै समूहमा राताम्य छाएको छ । बैंकिङ समूह ०.२५ प्रतिशत, विकास बैंक समूह १.४८ प्रतिशत, फाइनान्स समूह १.३९ प्रतिशत, होटल तथा पर्यटन समूह १.४१ प्रतिशत, जलविद्युत समूह १.५४ प्रतिशत, लगानी समूह १.०२ प्रतिशत, वस्वन बीमा समूह ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत, लघुवित्त समूह ०.८३ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५७ प्रतिशत, निर्जीवन बीमा समूह ०.४९ प्रतिशत र ब्यापार समूह ०.६० प्रतिशत घटेको छ ।
यस्तै, आज अन्य समूह भने ०.२९ प्रतिशतले बढेको छ । जसमा नेपाल रिइन्स्योरेन्सको सेयर मूलय बढेको छ भने नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य घटेको हो ।
आज दिनभरिमा मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ४.५६ प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य ३.८९ प्रतिशत बढेको छ । यस्तै, आज सानिमा लार्ज क्याप फण्डको सेयर मूल्य ५.३७ प्रतिशत घटेको छ । यस्तै, आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक ३ करोड ९५ लाख ७८ हजार ४७१ रुपैयाँ र नबिल बैंकको ३ करोड १७ लाख ५० हजार ९७० रुपैयाँ बराबरको कारोबार भएको छ ।