खप्तड लघुवित्तको आईपीओको ओपनिङ्ग रेञ्ज अधिकतम ३०३.२१ रुपैयाँ !

<p>काठमाडौं । खप्तड लघुवित्तको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भइसकेको छ । लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतका लागि प्रक्रियामा छ । लघुवित्तको सेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेपनि पहिलो काराबो कति पाउला भन्ने चासो लगानीकर्तामा देखिन्छ । वित्तीय विवरण अनुसार लघुवित्तको सेयरले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १०१ रुपैयाँ ७ [&hellip;]</p>

काठमाडौं । खप्तड लघुवित्तको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भइसकेको छ । लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतका लागि प्रक्रियामा छ । लघुवित्तको सेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेपनि पहिलो काराबो कति पाउला भन्ने चासो लगानीकर्तामा देखिन्छ ।

वित्तीय विवरण अनुसार लघुवित्तको सेयरले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १०१ रुपैयाँ ७ पैसादेखि अधिकतम ३०३ रुपैयाँ २१ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।

नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । लघुवित्तको आर्थिक वर्ष २०७७÷०७८ को वास्तविक प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ७ पैसा रहेको छ । सोही तथ्याङ्कका आधारमा लघुवित्तको सेयरले पहिलो कारोबारका लागि १०१ रुपैयाँ ७ पैसादेखि ३०३ रुपैयाँ २१ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको हो ।

लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ३२ लाख रुपैयाँका १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । लघुवित्तको आईपीओ १२ हजार ३४० जना लगानीकर्ताले १० कित्ता सेयर पाएका छन ।

Share News