रिचेत जलविद्युत कम्पनी आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

<p>काठमाडौं । रिचेत जलविद्युत कम्पनीले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३ कित्ता सार्वजनिक गर्ने भएको हो । कम्पनीले यसको लागि सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । उक्त सम्झौतापत्रमा रिचेत जलविद्युत कम्पनीका अध्यक्ष अर्जुन प्रसाद [&hellip;]</p>

काठमाडौं । रिचेत जलविद्युत कम्पनीले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३ कित्ता सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले यसको लागि सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।

उक्त सम्झौतापत्रमा रिचेत जलविद्युत कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल, कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटलका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र  मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् ।

२०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनीको प्रमुख कार्यालय ललितपुरको महालक्ष्मीस्थानमा रहेको छ ।

Share News