शुभलक्ष्मी कोषले ५१ प्रतिशतसम्मको प्रतिफल दिने

<p>काठमाडौं । लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि शुभ लक्ष्मी कोष योजना बिक्री खुला गरेको छ । यसअघि नै दुई वटा म्युचुअल फण्ड जारी गरिसकेको क्यापिटलले बिहीबार तेस्रो फण्ड जारी गरेको हो । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने शुभ लक्ष्मी कोष योजना खुलामुखी म्युचुअल फण्डको अवधि नरहेको क्यापिटलले जनाएको छ । कोष प्रवद्र्धक लक्ष्मी बैंक [&hellip;]</p>

काठमाडौं । लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि शुभ लक्ष्मी कोष योजना बिक्री खुला गरेको छ । यसअघि नै दुई वटा म्युचुअल फण्ड जारी गरिसकेको क्यापिटलले बिहीबार तेस्रो फण्ड जारी गरेको हो । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने शुभ लक्ष्मी कोष योजना खुलामुखी म्युचुअल फण्डको अवधि नरहेको क्यापिटलले जनाएको छ ।

कोष प्रवद्र्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको शुभ लक्ष्मी कोष योजनाको आकार ५० करोड रुपैयाँ छ । क्यापिटलको उक्त योजना खरिद गर्नका लागि १ सय इकाईदेखि ५० लाख इकाईसम्म सकिन्छ । फण्डको इकाईमा छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ ।

क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँका दरका ५ करोड इकाईमध्ये ७५ लाख वा १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई, ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गरेको हो ।

कोष प्रवद्र्धकमा लक्ष्मी बैंक

योजना व्यवस्थापक कम्पनी लक्ष्मी क्यापिटलमा बैंकको सत प्रतिशत लगानी छ । बैंकमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनीहरुको र ४९ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण सेयरधनीहरुको छ ।

यस्तै, शुभलक्ष्मी कोष म्युचुअल फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल धितोपत्र व्यवसायी मर्चेन्ट बैंकरको रूपमा २०७० साउन ४ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको संस्था हो । कम्पनीले आफ्नो सेवालाई विविधीकरण गर्दै सेयर प्रत्याभूती सेवा, सेयर रजिष्ट्रार सेवा, लगानी व्यवस्थापनको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले बोर्डबाट २४ जेठ २०६९ मा निक्षेप सदस्य र २७ साउन २०७० मा योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य अनुमति पाएको हो ।

क्यापिटलको अध्यक्षमा बैंक तथा वित्तीय क्षेत्रमा २२ वर्ष बढिको अनुभव संगालेका सुमेद भट्टराई छन् । उनी लक्ष्मी बैंकमा उप-प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजिव सापकोटा कार्यरत छन् । सीईओ सापकोटासँग बैंक तथा वित्तीय क्षेत्रमा २१ बर्ष भन्दा बढिको अनुभव छ । साथै लक्ष्मी बैंकमा प्रमुख संस्थागत बैकिङ्ग तथा व्यवसाय विकासको रुपमा कार्यरत छन् ।

योजनाको उद्देश्य

योजनाले इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बजारमा लगानी गरी दक्ष लगानी सेवाद्धारा योजनाका लगानीकर्तालाई उचित प्रतिफल दिने साथै खुलामुखी सामुहिक लगानी योजनाको बारेमा लगानीकर्ताहरुमा जनचेतना अभिवृद्धि गराई उनीहरुको बचत रकम इकाई बिक्रीको माध्यमबाट पुँजी बजारमा परिचालन गरी दोश्रो बजारको दिगो विकासमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाका इकाईहरु निष्काशन गरिएको जनाएको छ ।

कहाँ लगानी गर्छ ?

योजनाबाट उठेको रकमलाई नेपाल धितोपत्र बोर्डमा दर्ता भएका वा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका सेयर, डिवेन्चर तथा अन्य धितोपत्रहरु, बैंक तथा वित्तीय संस्थामा निक्षेप र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई लगानी गरिने क्षेत्रहरुमा लगानी गर्नेछ । यीमध्ये जुन क्षेत्रमा मनग्य वा राम्रो प्रतिफल आउँछ सोही क्षेत्रमा फण्डबाट संकलन रकमलाई लगानी गर्ने योजना क्यापिटलको छ ।

कति देला प्रतिफल ?

क्यापिटलले यसअघि लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको लक्ष्मी भ्यालु फण्ड-१ (बन्दमुखी योजना) परिपक्व भईसकेको छ । त्यस्तै, लक्ष्मी इक्विटी फण्ड (बन्दमुखी योजना) र लक्ष्मी उन्नती कोष (बन्दमुखी योजना) संचालन गरी नेप्सेमा कारोबार समेत भइरहेको छ ।

क्यापिटलले लक्ष्मी भ्यालु फण्ड-१ का इकाईधनीहरुलाई जम्मा ६५ प्रतिशत प्रतिफल वितरण गरेको थियो । यस्तै, क्यापिटलले लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई ४४.२५ प्रतिशत लाभांश वितरण गरेको छ भने लक्ष्मी उन्नती कोषका इकाईधनीहरुलाई २० प्रतिशत प्रतिफल वितरण गरेको छ ।

यसअघिका म्युचुअल फण्डले राम्रो प्रतिफल वितरण गरेकाले शुभलक्ष्मी कोषले पनि इकाईधनीहरुलाई राम्रो प्रतिफल दिनसक्ने अनुमान गरिएको छ । क्यापिटलको शुभलक्ष्मी कोष योजनाको रकमलाई विभिन्न क्षेत्रमा लगानी गरिनेछ । सोही क्षेत्रमा गरेको लगानीबाट उठेको आम्दानीलाई सबै छट्याएर इकाईधनीहरुलाई प्रतिफल दिनेछ । जसमा कम्पनीले ५ वर्षको प्रतिफल प्रक्षेपण गरेको छ ।

योजनाले पहिलो वर्ष ३७ प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत, तेस्रो वर्ष ४३ प्रतिशत, चौथो वर्ष ४७ प्रतिशत र पाचौं वर्ष ५१ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ ।

रेटिङ पनि राम्रो

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत जारी गर्न लागेको शुभलक्ष्मी कोष योजनाको क्यापिटललाई इक्रा नेपाल इक्रा एनपी एमसी क्वालिटी थ्रीप्लस एमसी थ्रीप्लस प्रदान गरेको छ । जसले व्यवस्थापनको गुणस्तरमा राम्रो दख्खलता भन्ने जनाउँदछ ।

Share News