श्वेत-गंगा हाइड्रोको आईपीओमा १६ लाख बढीको आवेदन

<p>काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा अन्तिम दिन माग भन्दा ८.०३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्ममा १६ लाख ३ हजार ७७२ जना आवेदकले १ करोड ८२ लाख ३९ हजार २७० कित्ताका लागि १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको [&hellip;]</p>

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओमा अन्तिम दिन माग भन्दा ८.०३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्ममा १६ लाख ३ हजार ७७२ जना आवेदकले १ करोड ८२ लाख ३९ हजार २७० कित्ताका लागि १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Share News