नोट्सको लगइन र युजर आइडी लिन १० दिनभित्र इमेल आइडी पठाउन नेप्सेको निर्देशन

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेप्से अनलाइन ट्रेडिङ प्रणाली (नोट्स) को लगइन र युजर आइडी लिन असम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई आधिकारिक इमेल आइडी पठाउन आग्रह गरेको छ । नेप्सेले आइतबार एक सूचना जारी गर्दै पुरानो वेवसाइट मर्मत कार्य गर्नुपर्ने र नयाँ वेवसाइट संचालनमा आइसकेको हुँदा सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु लागि नेप्सेको नोट्स [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेप्से अनलाइन ट्रेडिङ प्रणाली (नोट्स) को लगइन र युजर आइडी लिन असम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई आधिकारिक इमेल आइडी पठाउन आग्रह गरेको छ ।

नेप्सेले आइतबार एक सूचना जारी गर्दै पुरानो वेवसाइट मर्मत कार्य गर्नुपर्ने र नयाँ वेवसाइट संचालनमा आइसकेको हुँदा सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु लागि नेप्सेको नोट्स लगइन र युजर आइडी लिन १० दिनभित्र कम्पनीको पब्लिक आइपी एड्रेस र आधिकारिक इमेल आइडी नेप्सेको सूचीकरण शाखामा सम्पर्क गर्न निर्देशन दिएको हो ।

साथै यसभन्दा अघि नोट्सको लगइन र युजर आइडी लिन नेप्सेमा पत्र पठाएका कम्पनीहरुलाई नोट्सको लगइन र युजर आइडी सूचीकरण शाखाले पठाउने नेप्सेले जनाएको छ ।

Share News