रिभर फल्स पावरको आइपिओ बाँडफाँड सम्पन्न, २३ सयले पाए १४० कित्ता सेयर

<p>काठमाडौं । रिभर फल्स पावरले आयोजना प्रभावित स्थानीयहरुमा जारी प्राथमिक सेयर बाँडाफाँड गरेकाे छ । कम्पनीले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीमा जारी गरेको प्राथमिक सेयरको निष्काशनमा आवेदन दिने ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेको थिए । उक्त आवेदनमा विभिन्न कारणबाट निवेदन पुरा [&hellip;]</p>

काठमाडौं । रिभर फल्स पावरले आयोजना प्रभावित स्थानीयहरुमा जारी प्राथमिक सेयर बाँडाफाँड गरेकाे छ ।

कम्पनीले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीमा जारी गरेको प्राथमिक सेयरको निष्काशनमा आवेदन दिने ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेको थिए ।

उक्त आवेदनमा विभिन्न कारणबाट निवेदन पुरा नभएको १८ वटा आवेदनका ४ सय ४० कित्ता शेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको ७ हजार ५ सय ८५ जना आवेदकहरुबाट प्राप्त १३ लाख ८१ हजार ४ सय ६० कित्ता शेयर मध्येबाट १० कित्ता माग गर्ने २२७, २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जना, ५० कित्ता माग गर्ने १ हजार ६ सय ९४ जना, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्ता माग गर्ने ३१ जना, १०० कित्ता माग गर्ने २४९२ जनालाई सेयर परेको छ ।

त्यस्तै, ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना, १३० कित्ता माग गर्ने १२ जना माग बमोजिम १३० कित्ता तथा १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार ३ सय ३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँड गरिएको छ ।

यसैगरी १३० कित्ता भन्दा बढि कित्ता आवेदन दिने २ हजार ३ सय ३० जना आवेदकमध्ये चिठ्ठा प्रणालीबाट २ हजार २ सय ९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएकाे छ ।

 

Share News